काठमाडौँ । नेपाल बार एशोसिएशन जनकपुरका अध्यक्ष बिमल कुमार मिश्रको नेतृत्वमा रहेको वकीलहरुले पत्रकार माथि गरेको भौतिक आक्रमणको बिषयमा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले मिसन गठन गरेको छ ।
नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिले कार्यालय भवन निर्माणका लागि कानूनी प्रक्रिया पूरा गरी लिएको धनुषास्थित जनकपुरधामको जग्गा संरक्षणका लागि कार्य गरिरहेको बेला मिश्रको नेतृत्वमा आएका वकीलहरुले पत्रकारहरुमाथि आक्रमण गरेका थिए ।
नेपाल पत्रकार महासंघले प्रक्रिया पुरा गरी प्रप्त गरेको उक्त जग्गा कब्जा गर्ने प्रयास स्वरूप गरिएको हुलहुज्जत र पत्रकारमाथि भएको आक्रमणको अध्ययन गरी प्रतिवेदन पेस गर्न मिसन टोली गठन गरिएको नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले जनाएका छन ।
यही साउन २७ गते भएको घटनाका सम्बन्धमा अध्ययन गर्न केन्द्रीय लेखा समिति संयोजक के.सी. लामिछानेको संयोजकत्वमा केन्द्रीय सदस्यहरू राजेशकुमार कर्ण र राजु विश्वकर्मा सदस्य रहेको मिसन टोली गठन गरिएको महासचिव दाहालले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ।
