विराटनगर । मोरङको विराटनगर–३ मा रहेको बालसुधार गृहमा प्रहरी र त्यहाँ राखिएका बालबिज्याइँकर्ताबिच झडप हुँदा १ जना वरिष्ठ प्रहरी हवलदार घाइते भएका छन् ।
घाइते हुनेमा हिरणकुमार मण्डल रहेका छन् । मोरङका प्रहरी प्रमुख नारायण चिमरियाका अनुसार अहिले झडप नियन्त्रणमा आइसकेको छ ।
बुधबार सुधार गृहबाट बालबिज्याइँकर्ता भाग्न खोजेपछि रोक्ने क्रममा झडप भएको चिमरियाले बताए ।