काठमाडौँ । उच्च अदालतमा सिफारिस भएका २७ जना न्यायाधीशले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार प्रधानन्यायाधीश प्रकाशमान सिंहको उपस्थितिमा उनीहरूले उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरसमक्ष शपथ लिएका हुन् ।
जिल्ला न्यायाधीशबाट १६ जना उच्चका लागि सिफारिसमा परेका थिए भने कानुन व्यवसायीबाट ६ जनाको नाम सिफारिसमा परेका थिए । न्याय सेवाबाट ५ जनाको नाम नियुक्तिका लागि सिफारिस भएका थिए । अब उनीहरू एक महिना तालिम लिएर त्यसपछि मात्र कार्यक्षेत्रमा खटिनेछन् ।