काठमाडौं । नेपाली बजारमा मंगलबार (साउन २७) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९६ हजार ८०० रुपैयाँ कायम छ । सोमबार छापावाल सुन प्रतितोला एक लाख ९८ हजार १०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।