काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ हजार १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबारको दिन भने सुुन तोलामा एक लाख ९९ हजार २०० रुपैयाँमा खरिदबिक्री भइरहेको थियो । आज चाँदीको मूल्य पनि घटेको । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर प्रतितोला २ हजार ३१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।