काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि २४ वटा क्यासिनो कम्पनीको इजाजतपत्र नवीकरण गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले यी कम्पनीहरूले आवश्यक प्रक्रिया पूरा गरेपछि सञ्चालन अनुमति नवीकरण गरेको हो ।
विभागद्वारा सार्वजनिक गरिएको सूचीअनुसार, काठमाडौँ उपत्यकाका ८ वटा र उपत्यका बाहिरका प्रमुख सहरहरूमा सञ्चालित १६ वटा क्यासिनोको इजाजत नवीकरण भएको छ ।
नवीकरण हुनेमा काठमाडौँका प्रतिष्ठित होटेलहरूमा सञ्चालित क्यासिनोदेखि नेपालगञ्ज, भैरहवा, झापा, विराटनगर, वीरगञ्ज र पोखरा जस्ता पर्यटकीय तथा व्यापारिक केन्द्रमा रहेका क्यासिनोहरू समेत समावेश छन् ।