काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को मिनी अक्सनका लागि १५० खेलाडी छानिएका छन् । नेपाल क्रीकेट क्रीकेट संघ क्यानले नाम दर्ता गरेका ४५८ खेलाडीबाट अक्सनका लागि १५० खेलाडी छनोट गरेको हो ।
अक्सनका लागि ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०७ खेलाडी छन् । अक्सन आगामी शनिबार हुनेछ । ए’ ग्रेडमा आदिल अन्सारी, सरद भेषावकर, अर्जुन साउद, देव खनाल, दिलिप नाथ, पवन सरार्फ, सूर्य तामाङ र सुमन गौतम छन् । आदिल र पवनले पहिलो संस्करणको एनपीएल खेलेका थिएनन् । अन्य खेलाडी भने दोस्रो संस्करणका लागि रिलिज भएका थिए ।