जनकपुरधाम । सप्तरीमा भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ ।
नेपाल भारत सीमा क्षेत्र सप्तरीको राजगढ गाउँपालिका-२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतका अनुसार राति १० बजेतिर भारत निकासी गर्न ठूलो मात्रामा मदिरा भण्डारण गरिएको सूचना आएको थियो ।
उक्त मदिरा नियन्त्रणका लागि प्रहरी निरीक्षक वीरेन्द्रकुमार यादवको कमाण्डमा १० जना प्रहरी टोली गएको थियो । तस्करको समूहले प्रहरी टोलीमाथि आक्रमण गरेको डीएसपी बस्नेतले जानकारी दिए ।