नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–६ का वडाध्यक्षको निधन भएको छ। वीर अस्पतालमा उपचाररत वडाध्यक्ष नारायणप्रसाद रिमालको सोमवार निधन भएको हो।
नेकपा एमाले नुवाकोट जिल्ला सचिवालय सदस्यसमेत रहेका ४५ वर्षीय रिमाल अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए। उपचारका क्रममा उनको निधन भएको एमाले नुवाकोटका अध्यक्ष तथा बागमती प्रदेशका पूर्वमन्त्री बद्री मैनालीले जानकारी दिए।
गत २०७९ सालको स्थानीय तह निर्वाचनमा रिमाल वडामा एमालेका तर्फबाट विजयी भएका थिए। त्यसअघि पनि रिमाल २०७४ सालमा उक्त वडामा वडा सदस्यमा विजयी भएका थिए।