काठमाडौँ । आइतबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै बढेको छ । शुक्रबारको तुलनामा आइतबार सुनको भाउ ३४ सय रुपैयाँले बढेको हो।
शुक्रबार तोलामा १ लाख ९३ हजार १०० रुपैयाँ कायम भएको सुन आइतबार १ लाख ९६ हजार ५०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार २ हजार २३५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको हो ।