काठमाडौं। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् ।
बिहीबार प्रदेशसभा बैठकमा ४५ जना सहभागी रहेकोमा मुख्यमन्त्री शाहको पक्षमा ३० र विपक्षमा १५ मत खसेको छ ।
प्रदेश सभामा एमाले ११ र कांग्रेस १८ गरेर २९ रहेकोमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीले पनि मत दिएका छन् ।कैलाश रञ्जिता श्रेष्ठ पक्षधर हुन् खुसीराम डगौरा थारू रेशम पक्षका हुन् ।
खुसीरामले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गरेका हुन् ।