काठमाडौँ । लगातार बढेको सुनको मूल्य पछिल्ला दुई दिनमा घट्दो क्रममा छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यप्रति तोला ५०० रुपैयाँ घटेर १ लाख ९४ हजार ७ सय रुपैयाँमा कायम भएको छ।
यसअघि सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेको थियो। पछिल्ला दुई दिनमा सुनको मूल्यमा कुल २ हजार ९ सय रुपैयाँको गिरावट आएको हो। हिजो सुनको मूल्य १ लाख ९५ हजार २ सय रुपैयाँ थियो।
गएको वैशाख ९ गते सुनको मूल्य १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको थियो। उक्त मूल्य हालसम्मकै सर्वाधिक मूल्य हो। यसैबीच, चाँदीको मूल्य भने आज सामान्य रूपमा बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर २ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ।