काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ६०० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।
यस्तै आज चाँदी मूल्य तोलामा ३० रुपैयाँले बढेको छ । यससँगै मंगलबार प्रतितोला २३ सय २० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार २३ सय ५० रुपैयाँ कायम भएको छ । नेपाली बजारमा चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।