काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ गर्न घरमै पुगेर अन्तिम इच्छा सोध्ने नेपाल प्रहरीका डिएसपी दीपक खड्का एसपी बढुवामा सिफारिस भएका छन् ।
गृह मन्त्रालयले विवादास्पद डिएसपी दीपक खड्का सहित ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको हो । गत चैत २२ मा रास्वपाका सभापति लामिछानेलाई पक्राउ गर्न जाँदा उनले अन्तिम इच्छा सोधेका थिए।
त्यससम्बन्धि भिडियो नै सार्वजनिक भएपछि प्रहरी विवादमा परेको थियो। एसपी खड्कामाथि कारबाहीको समेत माग भएको थियो। तर, हाल उनैलाई बढुवा सिफारिस गरिएको छ।