काठमाडौँ । स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य बढेको छ। नेपाल सूनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।महासंघले जारी गरेको मूल्य सूचीअनुसार आइतबारको तुलनामा सुन प्रतितोला चार सय रूपैयाँले बढेर एक लाख ९३ हजार ७ सय रूपैयाँ पुगेको हो।
आइतबार सुन प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो।सोमबार चाँदीको मूल्य भने स्थिर छ। आइतबार नै अहिलेसम्मको उच्च मूल्य पुगेको थियो। आइतबार चाँदी प्रतितोला दुई हजार २८५ रूपैयाँ मूल्य रहेकोमा सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।