काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल मौसमको अवस्था हाल देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका एकरदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । महाशाखाका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ ।
कोशी प्रदेशका धेरै स्थानमा, मधेश प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ । पूर्वानुमान महाशाखाले सम्भावित वर्षाका कारण डुबान, बाढी, भू–क्षय, पहिरो र गेग्रान बहावको जोखिम बढेको जनाएको छ । ठूला–साना नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने र शहरी तथा तराई क्षेत्रहरूमा डुबानको सम्भावना रहेको महाशाखाको चेतावनी छ ।
यसले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य, सडक तथा हवाई यातायातमा असर पुर्याउन सक्ने जनाइएको छ । हावाहुरीको आंशिक प्रभाव पनि पर्ने भएकाले सबै सरोकारवाला र सर्वसाधारणलाई आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन आग्रह गरिएको छ ।