काठमाडौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३७ जिल्लामा बाढीको जोखिम रहेको जनाएको छ ।महाशखाले काठमाडौँ, ललितपुर, भक्तपुरसहितका ३७ जिल्लामा एल्लो अलर्ट जारी गरेको हो ।
आज ताप्लेजुङ्ग, सोलुखुम्बु, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने स-साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने पूर्वानुमान छ ।
साथै इलाम, झापा, पाँचथर, तेर्हथुम, भोजपुर, ओखलढुगां, खोटाङ, सिन्धुली, मकवानपुर, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, लमजुङ्ग, दाङ, बर्दिया, सल्यान, सुर्खेत, दैलेख, अछाम, बझाङ्ग, जाजरकोट, कालिकोट, बाजुरा, कैलाली, कञ्चनपुर, दार्चुला र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना मध्यम रहने महाशाखाको पूर्वानुमान छ ।
यस्तै आज २१ ठुला नदिमा पानीको जलस्तर उल्लेख्य बढ्ने भएकाले उक्त नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन महाशाखाले अनुरोध छ ।
