विराटनगर । सुनसरीको इनरुवामा पति-पत्नी मृत फेला परेका छन् । आइतबार बिहान इनरुवा नगरपालिका–९ बबियाका ३५ वर्षीय सुकदेव शर्मा र उनकी पत्नी अन्दाजी २३ वर्षीया सवेता खातुन घरभित्रै मृत फेला परेका हुन् ।
सुनसरी प्रहरी प्रमुख सुमनकुमार तिम्सिनाका अनुसार फुसको घरकाे धुरीमा सारीको पासो लगाएर झुन्डिएको अवस्थामा सुकदेवको शव फेला परेको छ ।सवेताको शव भने ओछ्यानमा फेला परेको छ ।
उनका अनुसार सुकदेवकाे शरीर अर्ध नग्न अवस्थामा छ । उनकी श्रीमतीकाे शव भने बेडमा सुतिरहेकाे अवस्थामा छ । घटना शंकास्पद भएकाले अनुसन्धान गरिरहेकाे उनले बताए ।