काठमाडौं । देशका केही स्थानमा आज (असार २९) पनि वर्षाको अनुमान गरिएको छ । यस दिन दिउँसो देशभर साधारणतया बदली (बादल र वर्षा) रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सातै प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ । विशेष गरी पहाडी भूभागमा वर्षाको सम्भावना बढी रहेको महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिए ।
“सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाले आइतबार बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षार हिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
यस दिन राति पनि देशभर साधारणतया बदली रहने अनुमान छ । “कोसी प्रदेश, मधेस प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,” महाशाखाको बुलेटिनमा उल्लेख छ।
राति कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ । “देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षारहिमपातको सम्भावना रहेको छ,” महाशाखाले भनेको छ ।
कास्की, लमजुङ, गोरखा, सिन्धुपाल्चोकलगायत स्थानमा गए राति (असार २८) वर्षा भएको छ । कास्कीको लुम्ले क्षेत्रमा भारी वर्षा मापन गरिएको छ । यस दिन बिहान पनि केही स्थानमा पानी परिरहेको छ ।
हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास छ । यो रेखा पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर (नेपालनजिक) रहेको महाशाखाले जनाएको छ । न्यूनचापीय रेखा नेपालतिर हुँदा यता वर्षाको सम्भावना बढी हुन्छ ।