काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विशिष्ट (भीआईपी) तथा अति विशिष्ट (भीभीआईपी) व्यक्तिहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नियम लागू भएको छ ।
अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै अबदेखि भीआईपी/भीभीआईपीहरूले अध्यागमन प्रक्रिया पूरा गर्नका लागि अनिवार्य रूपमा स्वयं उपस्थित भएर फोटो खिचाउनुपर्ने व्यवस्था गरेको हो।
अध्यागमन कार्यालय, त्रि.अ.वि. का प्रमुख अध्यागमन अधिकृत विष्णुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै भीआईपी तथा भीभीआईपी महानुभावहरूको आगमन तथा प्रस्थान प्रक्रियालाई सरल, सहज, शीघ्र एवं सुविधायुक्त बनाउन छुट्टै भीआईपी/भीभीआईपी डेस्कको व्यवस्था गरिएको उल्लेख छ।
