बैतडी । बैतडीको पाटन नगरपालिका–६ स्थित खिपालीमा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् ।
मृत्युु हुनेमा अन्दाजि २४ जीप चालक सन्तोष बोहरा र ३२ वर्षीया किरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सुचना अधिकारी बलराम पाण्डेले बताए।
धनगढीबाट दार्चुलाको गन्ना जाँदै गरेको सुप प्र ०४–००१ ज १३७२ नम्बरको जिप शुक्रबार बिहान करिब ५ः३० बजे खिपालीमा सडकबाट चिप्लिएर भिरमा खसेको स्थानीय बसन्त बहादुर बिष्टले बताए।
दुर्घटनामा डिलासैनी गाउँपालिका निवासी २५ वर्षीय हेमन्त प्रसाद भट्ट, ५२ वर्षीया कुल्मा धामी, २७ वर्षीय राजेन्द्र खत्री, २१ वर्षीया भागरथी खत्री, उनकी २ वर्षीया छोरी एलिसा खत्री, ३९ वर्षीय रामकुमार राना घाइते भएका सूचना अधिकारी पाण्डेले बताए ।