काठमाडौँ । सरकार र आन्दोलनरत सुनचाँदी व्यवसायीबिच सहमति भएको छ । बिहीबार सरकारसँग ६ बुँदे सहमति भएसँगै आफूहरुको आन्दोलन स्थगित भएको सुनचाँदी व्यवसायी नरेन्द्र गुप्ताले बताए ।
अर्थ मन्त्रालयमा भएको वार्तामा सहमति भएसँगै शुक्रबारदेखि निर्वाध रुपमा व्यवसाय सञ्चालन हुने बताइएको छ ।
सहमतिअनुसार अब व्यवसायीले नजिकको व्यापारिक केन्द्रबाट वाणिज्य बैंकमार्फत सुन आयात गर्न सक्नेछन्। यसका लागि सुन आयात तथा बिक्री वितरणसम्बन्धी कार्यविधि, २०६८ लाई प्रभावकारी रुपमा कार्यान्वयन गरिने र आवश्यकतानुसार संशोधन गरिने उल्लेख छ ।