काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले नेपालबाट विदेश यात्रा गर्ने सबैलाई निषेधित वस्तु तथा पहिरनबारे जानकारी गराएको छ ।
अध्यागमनले सुरक्षालाई ध्यानमा राख्दै कसैलाई पनि कुनै पनि प्रकारको अनावश्यक, अस्वभाविक गतिविधि वा पहिरन वा पहिचान वा खास संकेत खुल्ने आभषण वा एक्सेसरीज, खादा, माला, चस्मा, फरक किसिमको टोपी आदि वस्तुहरुलाई निषेध गरेको उल्लेख गरेको छ । अध्यागमनले सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।
