काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले बाढीअघि, बाढीको समयमा र बाढीपछि अपनाउनुपर्ने उपायहरूको बारेमा सुझाव दिएको छ ।
विभागका अनुसार बाढी आउनुअघि सुरक्षित ठाउँहरु पहिचान गर्ने र आपतकालीन सम्पर्क नम्बरहरू लेखेर राख्ने गर्नुपर्छ । बाढीको बेलामा तुरुन्त सुरक्षित ठाउँमा जान, खोलाको छेउ वा पुलबाट टाढा रहन तथा आवश्यकता परे सहयोगका लागि सम्पर्क गर्न विभागको सुझाव छ ।
यस्तै बाढीपछि प्रशासन या सुरक्षाकर्मीको स्वीकृति लिएर मात्र घर फर्कन, घरको संरचना र बिजुलीका तार जाँच्न तथा फोहोर सफा गर्न आवश्यक रहेको विभागले जनाएको छ ।
