काठमाडौँ । भीषण वर्षासँगै आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको छ । सोमबार राति भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको प्रतिनिधि सभाका सांसद मोहन आर्चायले जानकारी दिए।
यसैगरी, रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले बाढीले पुल बगाएपछि रसुवा हुँदै चीनसम्मको मार्ग बिच्छेद भएको छ ।
प्रमुख जिल्ला अधिकारी पौडेलले ड्राइपोर्ट क्षेत्रमा पनि बाढीले क्षति पु¥याएको छ । त्यहाँ जाँचपासका लागि राखिएका गाडीहरु पनि बगाएको जानकारी दिए । यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका गाडीमध्ये अधिकांश बाढीले बगाएको उनले जानकारी दिए ।
उनका अनुसार ड्राइपोटमा काम गर्ने केही ड्राइभर, लेबर (मजदुर)लाई पनि बाढीले बगाएको हुनसक्ने आँकलन गरिए पनि हालसम्म पुष्टि हुन सकेको छैन । उनले समग्रमा क्षति ठूलो भएको र घटनास्थलमा पुगेर क्षतिको थप विवरण र सूचना सङ्कलन गर्ने काम भइरहेको बताए ।