काठमाडौं । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न तथा वितरण प्रक्रियामा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको निगरानीमा मल वितरणको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
समितिले मलको आयात तथा वितरणमा संलग्न रहेका संस्थाहरूको कोटा प्रणालीसमेत पुनरवलोकन गर्न निर्देशन दिएको छ ।