बुटवल । रुपन्देही-३ मा हुने उपनिर्वाचनमा बुटवलका एक युवाले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते चुनाव हुने मिति तोकेको छ । चुनावको मिति तोकिएपछि पहिलोपटक बुटवल–१९ मोतिपुरका लेखनाथ गैरेले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
गैरेले आइतबार पत्रकार सम्मेलन गरी उपनिर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक गरेका हुन् । गैरेले विद्यार्थी जीवनदेखि हालसम्म कुनै दलको सदस्यता नलिई स्वतन्त्र रहेकाले उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेको बताए ।
राज्यका हरेक निकायमा चरम राजनीतिकरण हुँदा नागरिकमा वितृष्णा बढेकाले सुशासन दिने राम्रा कानून बनाउन, वजेटको न्योचित र समानुपातिक वितरणका लागि स्वतन्त्र उम्मेदवारले जित्नुपर्ने गैरेको तर्क छ ।
२०५० सालदेखि बुटवलमा बस्दै आएका गैरले आफू क्षेत्र नं ३ को स्थानीय भएकाले यहाँका सबै वर्ग र समुदायका समस्यासंग जानकार रहेको बताए ।