धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मिडियाहरूलाई रकम बाँडिरहेको खुलासा भएको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले बिना बिल, बिना सम्झौतामा ठुलो रकम मिडियाका नाममा जम्मा गरिरहेको पाइएको हो ।
हालै धनगढीको एक मिडिया हाउस पश्चिम टुडे मिडिया हाउसमा बिना बिल भरपाइ, बिना सम्झौतामा ३ लाख ३४ हजार रुपैयाँ जम्मा गरेको पाइएको हो । तर सो मिडिया हाउसका अध्यक्ष दीर्घराज उपाध्यायले भने आफूले कुनै पनि बिल नदिएको र भुक्तानी पनि लिनु नपरेको भए पनि प्रदेश सरकारले सो रकम पठाउँदा आफू अचम्मित भएको बताए ।
उनले एक यो उदाहरण घटनाले मिडियाका नाममा प्रदेश सरकारले के कसरी रकम बाँडिरहेको छ भन्ने यो घटनाले प्रस्ट पारेको उनी बताउँछन् । पछि सो रकमबारे खोजीनिती गर्दा अर्कै कुनै मिडियालाई दिन खोजेको तर सो रकम पश्चिम टुडे मिडिया हाउसमा जम्मा हुन गएको मन्त्रालयले बताएको उपाध्यायको भनाई छ । आर्थिक वर्षको अन्तिम समयमा यसरी मिडियालाई बिना बिल, बिना सम्झौता रकम बाडीनुले सुदूरपश्चिम प्रदेश सरकारमाथि प्रश्न चिन्ह खडा भएको छ ।