काठमाडौं । राष्ट्रियसभा बैठकले विनियोजन विधेयक २०८२ (बजेट) बहुमतले पारित गरेको छ।
बुधबार बसेको बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राखेको प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८२ लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो।
यस्तै बैठकले बजेट ‘आश्रित आर्थिक विधेयक २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि स्वीकृत गरेको छ।त्यस्तै बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भन्सार विधेयकलाई पारित गरियोस् भन्ने अर्थमन्त्रीको प्रस्तावलाई पनि पारित गरेको छ। राष्ट्रियसभाको अर्को बैठक यही असार २० गते शुक्रबार बोलाइएको छ।