काठमाडौं । आर्थिक पत्रकारहरुको संगठन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले सरकारबाट प्राप्त हुने एक करोड अनुदान अस्वीकार गरेको छ । सञ्चार मन्त्रालयले सेजनलाई सञ्चालन अनुदानका रूपमा एक करोड रूपैयाँ बजेटमै विनियोजन गराएको थियो।
आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक विकास कार्यक्रमको बजेट उपशीर्षक नम्बर १ मा सो रकम विनियोजन गरिएको जानकारी हुन आएको सेजनले जनाएको छ । आर्थिक पत्रकारको छाता संस्थालाई विश्वास गरेर सदाशयता देखाएकोप्रति मन्त्रालयलाई सेजनले धन्यवाद दिएको छ । तर, सेजनको असार १७ गते बठेको बैठकले विभिन्न चार कारण देखाउँदै अनुदान अस्वीकार गर्ने निर्णय लिएको हो ।
