काठमाडौं । यस वर्ष असार १५ सम्म देशभरि २० प्रतिशतभन्दा धेरै धान रोपाइँ भएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरि २०.३ प्रतिशत धान रोपाइँ भएको हो ।
देशभरि १३ लाख ९१ हजार ३ सय २१ हेक्टर जमिनमा धान खेती हुने गरेकोमा अहिलेसम्म जम्मा २ लाख ८१ हजार ८ सय ४ हेक्टर जमिनमा रोपाइँ सकिएको हो ।
गत वर्ष असार १६ सम्म २१.३ प्रतिशत धान रोपाइँ सकिएको थियो । गत वर्षको तुलनामा यो वर्ष अहिलेसम्म १ प्रतिशत रोपाइँ कम भएको छ ।