काठमाडौं । उद्योगीले सिमेन्ट र डन्डीको भाउ घटाएका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपैयाँदेखि १ सय रुपैयाँसम्म र डन्डीको भाउ किलोको ५ रुपैयाँसम्म घटाएका हुन् ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको माग घटेको र उद्योगमा लोडसेडिङ पनि घटेका कारण भाउ घटेको बताए ।
‘उद्योगीले सिमेन्टमा प्रतिबोरा ५० देखि १ सय रुपैयाँसम्म घटाए भन्ने आएको छ,’ उनले भने, ‘अहिले उद्योगमा लोडसेडिङ घटेको हुनाले उत्पादन लागत पनि घट्यो । त्यसैले भाउ घटाएका छन् ।’