काठमाडौं । सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । यस्तै, कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेको हो ।
नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ ।
अहिले भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ । अन्य ठाउँमा कतै हल्का वर्षा त कतै घाम लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने सम्भावना छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।