काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज शुक्रबार साँझ ६ बजेसम्म सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरका परीक्षा नियन्त्रक डा. गणेश भट्टराईका अनुसारले एसइई नतिजा आज साँझ प्रकाशन हुनेछ। बोर्डले अनुमति दिएको सर्टकोड र वेबसाइटहरूमार्फत विद्यार्थी तथा अभिभावकले नतिजा हेर्न सक्नेछन्।
