सिड्नी । गैर आवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाको आसन्न निर्वाचनमा न्यू साउथ वेल्स राज्यका संयोजकका लागि रोशन भट्टराईले उम्मेदवारी दिने बताएका छन् ।
भट्टराईले सामजिक सञ्जालमार्फत आफुले संयोजककाे पदका लागि उम्मेदवारी दिने घोषणा गरेका हुन् । साथै उनले यसका साथै आफ्नो टीमको नाम 'सक्षम' रहेको र चाँडै टीमका अन्य सदस्यहरुको नामसमेत सार्वजनिक गर्ने बताएका छन् ।
भट्टराई सिड्नीस्थित शिक्षा परामर्ष पेशामा आवद्द रहेका छन् । एनआरएनए अस्ट्रेलियाले आगामी कार्यकालका लागी जुलाई २६ मा निर्वाचन हुने भएको हो ।