काठमाडौं । विनियोजन विधेयक (बजेट) प्रतिनिधिसभाबाट पारित भएको छ ।
मंगलबार सभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
जसलाइ सभाले बहुमतले पारित गरेको हो ।बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू अनुपस्थित थिए । उनीहरूले बजेटमाथिको छलफल पुरै बहिष्कार गरे ।