धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सूरक्षा निकायका प्रमूख तथा मातहतका निकायलाई विपद्को समयमा उच्च सतर्क रहन निर्देशन दिएका छन् ।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको वर्षाजनित विपद् पूर्वानुमान तयारीको अवस्था र सहजिकरण सम्बन्धी बैठकमा मुख्यमन्त्री शाहले विपद्को पूर्व तयारी र प्रतिकार्यका लागि उच्च सतर्क रहन निर्देशन दिएका हुन् । विपद्को भयाभह स्थिती आउन नदिनका वडास्तरबाटै जनप्रतिनिधीहरुसँग समन्वय गर्न, राहत तथा उद्धारका आवश्यक सामाग्री बन्दोबस्त गर्न र साझेदार संघ संस्थाको साझेदारीमा लाग्न मुख्यमन्त्री शाहले सचिबहरुलाई निर्देशन दिए ।
बैठकमा कैलाली र कञ्चनपूरका प्रमूख जिल्ला अधिकारी, प्रदेशस्थित सूरक्षा निकायमा प्रमूख र साझेदार संस्था नेपाल रेडक्रस सोसाईटी, यूएनडिपी र डब्लूएफपीका प्रतिनिधिहरुले विपद्ले यस आर्थिक वर्षमा पारेको प्रभाब, भएको क्षति गरिएको प्रयास र अबको पूर्व तयारीको अवस्था वारे जानकारी गराएका थिए । बैठकमा यस वर्ष सरदर वर्षा बढी हुने र जलवायू परिवर्तनका कारण सरदर तापक्रम बढ्ने बताईएको छ । वर्षाबाट कैलाली, कञ्चनपूर डोटी, डोटी, र अछाम जिल्ला बढी प्रभावित हुने र सरदर तापक्रमबाट अछाम र वाजुरा जिल्ला बढी प्रभावित हूने प्रक्ष्येपण गरिएको विवरण प्रस्तुत गरिएको थियो ।