काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख एसपी ढकेन्द्र खतिवडालाई सरूवा भएको छ। आर्थिक आचरणविरूद्धको काम गरेको आरोप लागेपछि खतिवडालाई बागमती प्रदेश प्रहरी कार्यालयमा काज सरूवा गरिएको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी विनोद घिमिरेले जानकारी दिए।
सप्तरीमा हाल एसपी गौतम केसीलाई खटाइएको छ। एसपी खतिवडामाथि छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरका एसएसपी शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ।