काठमाडौं । काठमाडौंको कमलादीस्थित हामा स्टिलमा आगलागी भएको छ । युनिग्लोब कलेजसँगै रहेको हामा स्टिलको भवनमा आगो लागेको हो ।
स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो । आगलागी नेपाली सेनाको श्री नरसिंहदल गणले अन्य सुरक्षा निकाय, काठमाडौं महानगरपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा नियन्त्रणमा लिएको छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । क्षतीको विवरण आउन भने बाँकी रहेको छ ।