काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला १ हजार ७ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार आज सुनको मूल्य १ लाख ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँ घटेको छ। आज चाँदीको मूल्य तोलाको दुई हजार १६० रुपैयाँ निर्धारण भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।