काठमाडौं । सरकारले सशस्त्र प्रहरी बल, नेपालका २ जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी)को पदावधि थप गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा सशस्त्रका डीआईजी कालीदास धौवजी र कुमार न्यौपानेको पदावधि थप गर्ने निर्णय गरेको हो।
सो निर्णय अनुसार डीआईजी धौवजीको आगामी असोज २४ सम्म र न्यौपानेको आगामी माघ २९ सम्म उमेर र सेवा अवधि दुवै ननाघ्नेगरी पदावधि थप गरिएको हो ।