काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् ।
सोमबार न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सफाइ दिएको हो ।लामाविरुद्ध २०७० जेठ ५ गते १ करोड ४० लाख रुपैयाँको मुद्दा दायर भएको थियो ।
विशेष अदालतले २०७५ साउन २४ गते दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बमोजिम जरिवाना र सोही बराबर सम्पत्ति जफतको फैसला गरेको थियो ।
उक्त फैसलाविरुद्ध सोही वर्ष पुस ९ गते लामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । लामा सर्वोच्च पुगेपछि सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो ।
लामालाई सफाइ दिँदै सर्वोच्चले सरकारी वकिलको पुनरावेदन जिकिर दाबी नपुग्ने ठहर गरेको हो ।