काठमाडौं ।काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पुरानो कुरा बिर्सेर काम अघि बढाउने बताएका छन् । उच्च
अदालत पाटनले निलम्बन सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनी बिहीबारदेखि काममा फर्किएका हुन् । सो क्रममा उनले पुरानो कुरा बिर्सिन चाहेको प्रतिक्रिया दिएका हुन् । जेठ ६ गते पाण्डे ६ महिनाका लागि निलम्बित भएका थिए ।