काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई उच्च सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार साँझ विज्ञप्ति जारी गर्दै मन्त्रालयले इजरायल र इरानमा रहेका नेपालीलाई तोकिएको समय र स्थानमा बाहेक घर वा बंकर/सेल्टरबाट बाहिर ननिस्किन आग्रह गरेको हो ।
इजरायल–इरानबीच पछिल्लो पाँच दिनदेखि युद्ध चलिरहेको छ । सो कारण अन्य मुलुकहरुले आफ्ना नागरिकलाई इजरायल र इरान छाड्न एनभाइजरी जारी गरेका छन् ।
मध्यपूर्वमा देखिएको खतराको स्थितिलाई मध्यनजर गर्दै मन्त्रालयले इजरायलमा रहेका नेपालीलाई त्यहाँको सरकारले जारी गरेका सुरक्षा सतर्कता, यात्रा, आवागमन तथा सुरक्षित स्थान सम्बन्धी सूचना, मापदण्ड तथा जानकारी निरन्तररुपमा लिन र पालना गर्न आग्रह गरेको छ ।

