काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ९ सयले बढेको छ भने चाँदीको भाउले अर्को रेकर्ड बनाएको छ । गत सोमबारको उच्च मूल्य रेकर्ड बुधबार नै तोडिएको छ ।
यस दिन चाँदी प्रतितोला २ हजार २२५ रुपैयाँ पुगेको छ । यसअघि मंगलबार २ हजार १६० तथा सोमबार २ हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९५ हजार ९ सय रुपैयाँ तोकेको छ ।अघिल्लो दिन प्रतितोला १ लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो । सुनको भाउ भने यसअघि वैशाख ९ गते १ लाख ९७ हजार ९ सय रुपैयाँ पुगेको रेकर्ड छ ।