काठमाडौँ । तीनकुने घटनाका क्रममा बाटोमा हिडिरहेको समयमा प्रहरीले चलाएको गोली लागेर ढलेकी रेबिका खत्री ७९ दिनपछि अस्पतालबाट डिस्चार्ज भएकी छन्।
चैत्र १५ गते राजसंस्थापक्षधरले तीनकुनेमा गरेको प्रदर्शन हिंसात्मक हुन पुगेपछि प्रहरीले भित्रि गल्लीमा हिडिरहेका सर्वसाधारणमाथि पनि गोली प्रहार गरेको थियो।त्यस समयमा रेविका र उनका दाई कुमार खत्रीमाथि पनि प्रहरीले गोली चलाएको थियो।
कुमार केही समयको उपचारपछि डिस्चार्ज भएका थिए भने रेविका ७९ दिनपछि हिजो सोमबार साँझ डिस्चार्ज भएको दाई कुमारले देशसञ्चारलाई जानकारी दिए।
रेविकाको दाहिने खुट्टामा गोली लागेको थियो। भित्रि नसासमेत गोलीले फुटेपछि उनको १० पटक शल्यक्रिया गरिएको थियो। स्वास्थ्यमा सुधार देखिएपछि अस्पतालले डिस्चार्ज गरेको दाई कुमारले बताए। तीनकुने प्रदर्शनकाक्रममा दुई जनाको मृत्यु भएको थियो।