काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा २ हजार पाँच सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९५ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि सोमबार छापावाल सुनको मूल्य प्रतितोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ कायम थियो ।
यसैबिच मंगलबार चाँदीको मूल्य पनि घटेको छ ।
सोमबार तोलामा १ हजार १६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार तोलामा १ हजार १६० रुपैयाँ कायम भएको हो ।