काठमाडौँ । सामाजिक सञ्जाल यूट्युबमा पोस्ट भएको भिडियोलाई लिएर पक्राउ पूर्जी जारी भएका पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदातल पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलाशले सोमबार पाठकलाई पक्राउ नगर्न अल्पकालीन आदेश दिएको हो ।
पक्राउ पुर्जी जारी भएपछि पाठकले दायर गरेको रिटमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।अन्तरिम आदेशलाई दिने वा नदिने सम्बन्धमा छलफल गर्न दुवै पक्षलाई असार ५ गते छलफलका लागि बोलाइएको छ ।