काठमाडौं । प्रतिनिधि सभा बैठक सुरु भएको छ ।
आज पनि प्रतिपक्षी दल रास्वपा र राप्रपाले विरोध गरेका थिए । तर, सभामुख देवराज घिमिरेले अवरोधकै बीच बैठकको कारबाही अघि बढाएका छन् ।
आजको बैठकमा गत १५ जेठमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुँदैछ ।