काठमाडौं । प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूले आपत्ति जनाएका छन् ।
शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोज्नु खेदजनक विषय भएको बताएका छन् ।
पत्रकार दिलभूषण पाठकमाथि केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । पाठकमाथि जारी पक्राउ पुर्जी पनि खारेज गर्न सम्पादकहरूको माग छ ।